काठमाडौं । बुधबार नेप्से परिसूचक ८.१४ अंकले घटेर २ हजार ६२३.८३ विन्दुमा रोकिएको छ । अघिल्लो कारोबार दिन मंगलबार नेप्से १५.०८ अंकले घटेको थियो भने सोमबार १४.५३ अंकले घटेको थियो । तर, आइतबार भने नेप्से ३.५८ अंकले बढेर २६६१.६० विन्दु कायम भएको थियो ।
बुधबार ८ अर्ब ३७ करोड रुपैयाँको कारोबार भएको छ । बुधबार सर्वाधिक कारोबार गर्ने कम्पनीमा राधि विद्युत कम्पनी, न्यादी ग्रुप पावर रहेको छ । त्यस्तै, समाज लघुवित्त वित्तीय संस्था, नेपाल माइक्रो इन्स्योरेन्स, ग्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको शेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।
घटेको बजारमा भुगोल इनर्जी डेभलपमेन्ट कम्पनी,कर्पोरेट डेभलपमेन्ट बैंक, तारागाउँ रिजेन्सीको शेयर मूल्य ३.७७ प्रतिशतदेखि १० प्रतिशतसम्मले घटेर नकारात्मक सर्किट लागेको छ ।
साझा अर्थ संवाददाता