काठमाडौं / सन नेपाल लाइफ इन्सोरेन्सले वैशाख ३० गतेदेखि २७ प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरले १ अर्ब ६ करोड ९६ लाख ३२ हजार रुपैयाँ बराबरको हकप्रद सेयर जारी गर्नेछ । यसले हकप्रद सेयर बिक्री प्रयोजनका लागि वैशाख ५ गते बुक क्लोज गरिसकेको छ ।
तसर्थ, वैशाख ४ गतेसम्म कायम रहने सेयरधनीले मात्र यस कम्पनीको हकप्रद सेयर भर्न पाउनेछन् । यो हकप्रद सेयरमा जेठ १९ गतेसम्म आवेदन दिन सकिनेछ ।
हाल यस कम्पनीको चुक्ता पुँजी ३ अर्ब ९६ करोड १६ लाख रुपैयाँ रहेको छ । हकप्रद सेयर जारी भएपछि यसको चुक्ता पुँजी ५ अर्ब ३ करोड १२ लाख ३२ हजार रुपैयाँ पुग्नेछ ।
साझा अर्थ संवाददाता