पात्रो

रेडियो

समाचार खोजी

दोर्दी खोलाको हकप्रद भर्ने आज अन्तिम दिन

साझा अर्थ संवाददाता १४ वैशाख २०८२, आइतवार

 

दोर्दी खोला जलविद्युत कम्पनीको हकप्रदमा आवेदन दिने आज वैशाख १४ गते अन्तिम दिन रहेको छ । कम्पनीले यस अघि चैत्र १९ देखि वैशाख ८ गतेसम्म १ः१ अनुपातमा १ करोड ५ लाख ४२ हजार ६०४ कित्ता हकप्रद सेयर जारी गरेको हो । कम्पनीले १ सय रुपैयाँ अंकित मूल्यमा १ अर्ब ५ करोड ४२ लाख ६० हजार ४ सय रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गरेको हो ।

उक्त हकप्रद सेयर जारी गर्ने प्रयोजनका लागि कम्पनीले फागुन १५ गते बुक क्लोज गरिसकेको छ । फागुन १४ गतेसम्म कायम सेयरधनीले हकप्रद सेयरमा आवेदन दिन पाउने छन् ।

कम्पनीको हकप्रद सेयर व्यवस्थापनमा सानिमा क्यापिटलले बिक्री प्रबन्धकको काम गरेको छ । कम्पनीको हकप्रदमा सानिमा क्यापिटल नक्साल काठमाडौं र सानिमा बैंकका तोकिएको शाखाबाट आवेदन दिन सकिनेछ ।

 

305 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सम्बन्धित समाचारहरु