पात्रो

रेडियो

समाचार खोजी

एडिबीले नेपाललाई थप सहयोग गर्ने

साझा अर्थ संवाददाता ७ भदौ २०८१, शुक्रवार

एसियाली विकास बैंक (एडिबी)ले नेपाललाई थप सहयोग गर्ने भएको छ। 

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँगको भेटमा एडिबीका कार्यकारी निर्देशक सुपक चाइयावानले नेपालसँगको विकास साझेदारी रणनीतिमार्फत थप सहयोग गर्ने जानकारी दिएका हुन्। 

सन् २०२५ देखि २०२९ सम्म सञ्चालन हुने विकास साझेदारी रणनीतिमार्फत एडिबीले तीन तहको सरकारको क्षमता अभिवृद्धि, निजी क्षेत्रलाई प्रोत्साहन र शिक्षा क्षेत्रमा सहयोग गर्नेछ। विश्व बैंकसँगको सहकार्यमा यो कार्यक्रम सञ्चालन हुनेछ।

अर्थमन्त्री पौडेलले एडिबीको सहयोगबाट सञ्चालित कार्यक्रम प्रभावकारी रुपमा अघि बढ्ने विश्वास व्यक्त गरे। 

एडिबीका कार्यकारी निर्देशक चाइयावानले नेपालको अर्थतन्त्र समस्यामा रहेको उल्लेख गर्दै अर्थमन्त्री पौडेलको नेतृत्वमा अर्थतन्त्र गतिशिल हुने विश्वास व्यक्त गरेका थिए। एडिबीले नेपालमा पूर्वाधार विकास, शिक्षा, वातावरणलगायतका क्षेत्रमा सहयोग  पुर्‍याउँदै आएको छ।

174 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्

सम्बन्धित समाचारहरु