पात्रो

रेडियो

समाचार खोजी

सन नेपाल लाइफ इन्स्योरेन्सले वैशाख ३० देखि हकप्रद निष्काशन गर्ने

साझा अर्थ संवाददाता १२ वैशाख २०८२, शुक्रवार

सन नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले वैशाख ३० गतेदेखि जेठ १९ गतेसम्म हकप्रद निष्काशन गर्न लागेको छ ।

कम्पनीले १:०.२७ को अनुपातमा हाल कायम चुक्ता पुँजीको २७ प्रतिशतले हुन आउने हकप्रद निष्काशन गर्ने छ। कम्पनीले १ अर्ब ६ करोड ९६ लाख ३२ हजार रुपैयाँ बराबरको १ करोड ६ लाख ९६ हजार ३ सय २० कित्ता हकप्रद शेयर निष्काशन गर्ने छ।

कम्पनीले हकप्रद निष्काशनको लागि वैशाख ५ गते बुक क्लोज गर्ने निर्णय गरेकोले वैशाख ४ गतेसम्म कायम शेयरधनीले मात्र कम्पनीको हकप्रद भर्न सक्ने छन् । कम्पनीले चैत्र ३ गते नेपाल धितोपत्र बोर्डबाट हकप्रद निष्काशनको अनुमति पाएको थियो।

हकप्रद शेयर निष्काशनको लागि नेपाल एसबिआई मर्चेन्ट बैंकिंग बिक्री प्रबन्धक रहेको छ।

205 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्
साझा ट्रेन्डिङ

सम्बन्धित समाचारहरु