काठमाडौंः सहकारी बचत रकम दुुरुपयोग छानविनकालागि गठित संसदीय छानविन समितिले आज रास्वपाका सभापति रविलामिछानेसँग बयान लिँदैछ । छानबिनको अन्तिम चरणमा पुुगेको समितिले रविसँग आज बयान लिन लागेको हो ।
लामिछानेको बयानपछि प्रतिवेदन लेखेर संसदमा पेश गर्ने सभापति सुर्य थापाले जानकारी दिनुुभएको छ । समितिले अहिलेसम्म ४४ पटक बैठक बसेर विभिन्न सहकारी संचालक, ठगीको आरोप लागेका दर्जनौं व्यक्तिहरुको बयान लिइसकेको छ । रास्वपाका सभापति लामिछानेले कुनै प्रकृया पूरा नगरी बुटवलमा रहेको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाबाट २ करोड रुपैयाँ कर्जा लिएको आरोप छ ।
साझा अर्थ संवाददाता