पात्रो

रेडियो

समाचार खोजी

गौरिशंकर संरक्षण क्षेत्र आयोजनाले छात्रबृत्ति उपलब्ध गराउने

साझा अर्थ संवाददाता २० असार २०८१, बिहिवार

दोलखाः गौरिशंकर संरक्षण क्षेत्र आयोजनाले आयोजना क्षेत्र भित्र बसोवास गर्ने सात जना विद्यार्थीहरुलाई छात्रबृत्ति प्रदान गरेको छ । आयोजनाले आयोजना क्षेत्र भित्रका विद्यार्थीहरुलाई स्नातक तथा प्लस टु अध्ययन गर्न कुल सात विद्यार्थीलाई छात्रबृत्ति प्रदान गरेको हो । 

आयोजना क्षेत्र भित्र स्थायी ठेगाना भएका तथा  लिखित र अन्तर्वातामा समावेश भई उत्कृष्ट अंक प्राप्त गरी छनोट भएका सात विद्यार्थीहरुलाई छात्र बृत्तिकोलागि छनोट गरिएको आयोजनाले जनाएको छ । एक जनालाई स्नातक अध्ययनकोलागि तथा छ जनालाई प्लस टु अध्ययनकोलागि छनोट गरिएको आयोजनाको भनाई रहेको छ । 

छात्रबृत्तिमा छनोट हुनेहरुमा स्नातक तर्फ दोलखाको जिरी नगरपालिका वडा नम्बर एकका प्रज्वल बस्नेत रहनु भएको छ ।  यसै गरी प्लस टु तर्फ दोलखाका भुपेन्द्र तामाङ, सन्तोष मगर र प्रतिक्षा खड्का, रामेछाप जिल्लाका अस्मिता बस्नेत तथा सिन्धुपाल्चोक जिल्लाका बविता राई र शर्मिला तामाङ छनोट हुनुभएको आयोजनाले जनाएको छ ।

401 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्
साझा ट्रेन्डिङ

सम्बन्धित समाचारहरु