पात्रो

रेडियो

समाचार खोजी

नेपाल टी डेभलपमेन्टको आइपिओ बिक्री प्रबन्धक एनएमबि क्यापिटल

साझा अर्थ संवाददाता १० वैशाख २०८२, बुधवार

नेपालको सबैभन्दा ठुलो चिया उत्पादक तथा वितरक संस्था नेपाल टी डेभलपमेन्ट कर्पोरेसन (एनटिडिसी)ले आइपिओ ल्याउने भएको छ । कम्पनीले ६ लाख कित्ता साधारण सेयर जारी गर्ने जनाएको छ ।

कम्पनीको धितोपत्र निष्कासक तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल नियुक्त भएको छ । यससम्बन्धी सम्झौतापत्रमा एनटिडिसीका कार्यकारी अध्यक्ष सुभाषचन्द्र सांघाई र एनएमबि क्यापिटलका प्रमुख कार्यकारी अधिकृत दीपेशकुमार वैद्यले हस्ताक्षर गरेका हुन् ।

एनटिडिसीले ‘टोकला’ र ‘इलाम’ ब्रान्डमा गोल्ड लिफ, मसला चिया, सिटिसी, ग्रिन टी र अर्थोडक्स चिया उत्पादन गर्दै आएको छ । यी उत्पादन कम्पनीले रुस, युरोप, जापान, भारत, अस्ट्रेलिया, दक्षिण कोरिया र अमेरिकालगायतका बजारमा निर्यातसमेत गर्दै आएको छ ।

192 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सम्बन्धित समाचारहरु