काठमाडौं । नागरिक लगानी कोषले बचत बृद्धि अवकाश कोष कार्यक्रमका सहभागीहरूलाई एक अर्ब ५२ करोड रुपियाँ प्रतिफल प्रदान गरेको छ ।
कोषले बचत बृद्धि अवकाश कोष कार्यक्रमका सहभागीहरूलाई उहाँहरुको खातामा जम्मा भएको रकममा एक प्रतिशतका दरले सो रकम बराबरको प्रतिफल प्रदान गरेको हो ।
कोष सञ्चालक समितिको बैठकले २०८१ असार मसान्तमा कोष मौज्दात रहेका सहभागीहरूलाई २०८० चैत मसान्तसम्मको कोष मौज्दातमा कुल सञ्चित मुनाफाबाट उक्त प्रतिफल प्रदान गर्ने निर्णय गरेको हो ।
बचत बृद्धि अवकाश कोषका सहभागीहरूको खातामा कोषले प्रदान गरेको थप रकम जम्मा भइसकेको छ । यसअघि पनि कोषले थप प्रतिफल प्रदान गर्दै आइरहेको छ ।
साझा अर्थ संवाददाता