पात्रो

रेडियो

समाचार खोजी

आइएमई लाइफ इन्स्योरेन्सद्वारा ‘सरल सावधिक सदभावनादूत’ नियुक्त

साझा अर्थ संवाददाता ९ वैशाख २०८२, मङ्गलवार

 

आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले सुशीला रोकालाई ‘सरल सावधिक जीवन बिमा योजना’को प्रडक्ट एम्बासडर (सद्भावना दूत) २०२५ घोषणा गरेको छ । रोका कम्पनीको मासिक स्किमअन्तर्गत देशभरका अभिकर्तामध्येबाट उत्कृष्ट व्यवसाय गरी ‘सरल सवाधिक जीवन बिमा’ योजनाको सद्भावना दूत हुन सफल भएको कम्पनीले जनाएको छ ।

एक कार्यक्रमबिच कम्पनीले उनको ब्यानर र प्रचार सामग्री अनावरण गरेको छ । यसले अभिकर्तामाझ स्वस्थ प्रतिस्पर्धाका साथै थप प्रतिबद्ध भई काम गर्न प्रेरणा प्रदान गर्ने कम्पनीको विश्वास छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत पवनकुमार खड्काले कम्पनीले आफ्ना अभिकर्तालाई बिमा सेवाको ज्ञान, दक्षता र व्यक्तित्व विकास गर्दै बिमितहरूलाई सरल, सहज र स्तरीय सेवा दिने कम्पनीको उद्देश्यमा निरन्तरता दिँदै जाने बताए । 

179 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा ट्रेन्डिङ