दोर्दी खोला जलविद्युत कम्पनीले चैत १९ देखि निष्काशन गरेको हकप्रदमा आवेदन दिने आज वैशाख ८ गते अन्तिम दिन रहेको छ । कम्पनीलें सय रुपैयाँ अंकित १ः१ अनुपातमा १ करोड ५ लाख ४२ हजार ६०४ कित्ता हकप्रद सेयर जारी गरेको हो । उक्त हकप्रद सेयर जारी गर्ने प्रयोजनका लागि कम्पनीले फागुन १५ गते बुक क्लोज गरिसकेको छ । फागुन १४ गतेसम्म कायम सेयरधनीले हकप्रद सेयरमा आवेदन दिन पाउने छन् ।
कम्पनीको हकप्रद सेयर व्यवस्थापनमा सानिमा क्यापिटलले बिक्री प्रबन्धकको काम गरेको छ ।
साझा अर्थ संवाददाता