आईएमई लाइफ इन्स्योरेन्सको उप प्रमुख कार्यकारी अधिकृतमा दिनेश अमात्य र खिलेन्द्र पौडेल
आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले उप प्रमुख कार्यकारी अधिकृतद्वयमा दिनेश अमात्य र खिलेन्द्र पौडेललाई नियुक्त गरेको छ । दिनेश अमात्यले साउन १ गते देखि र खिलेन्द्र पौडेलेले भाद्र ५ गते देखि उप प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हालेका हुन् ।
खिलेन्द्र पौडेल आईएमई लिमिटेडको प्रमुख कार्यकारी अधिकृत पदबाट बिदा भई आईएमई लाइफ इन्स्योरेन्स कम्पनीमा प्रवेश गरेका हुन् ।
अमात्य आईएमई लाइफ इन्स्योरेन्सको स्थापना वर्ष २०७४ देखि नै कम्पनीको प्रमुख सञ्चालन अधिकृतका रूपमा कार्यरत थिए ।
उप प्रमुख कार्यकारी अधिकृत अमात्यसँग कार्यालय प्रशासनको साथै बीमालेख विकास, जोखिमांकन, पुनर्बीमा, बीमाड्ढी मूल्यांकन, दाबी व्यवस्थापन, बीमालेख सेवामा तिन दशक भन्दा लामो कार्य अनुभव रहेको छ । उनले त्रिभूवन विश्वविद्यालयबाट व्यवस्थापनमा स्नातकोत्तर हासिल गरेका छन् ।
त्यस्तै, आईएमई लिमिटेडको स्थापना देखिनै विभिन्न जिम्मेवारीमा रहेका खिलेन्द्र पौडेल, रेमिटेन्स, भुक्तानी प्रणाली, फिनटेक तथा डिजिटल वालेट र अन्तरदेशिय कारोबारमा दख्खल राख्छन् ।
आईएमई ग्रुपले प्रवर्द्धन गरेका वित्तीय संस्थाको उच्च व्यवस्थापन तथा स्मार्ट च्वाइस, सनि सेक्युरिटिज, आइएमई डिजिटल सलुसन्स लगायतका कम्पनीहरुमा पौडेल सञ्चालकको भुमिका निर्वाह गरिसकेका छन् । त्रिभुवन विश्वविद्यालयबाट एम.बि.ए. (फाइनान्स) गरेका पौडेलले भारतको अहमदावाद स्थित इन्डियन इन्स्टिच्युट अफ म्यानेजमेन्ट र मलेसियाको इन्स्टिच्युट अफ ब्याड्ढर्स मलेसियाबाट कार्यकारी वित्तीय व्यवस्थापन तथा अन्तरदेशिय लगानी व्यवस्थापनका विषयमा एक्जिक्युटिभ कोर्स गरेका छन् ।
साथै,पौडेलले अमेरिका स्थित हार्भड केनेडी स्कुलबाट पोलिसि डिजाइन र वित्तीय सेवा सम्बन्धी व्यावसायिक कोर्स समेत गरेका छन् ।
199
Sharesसम्बन्धित समाचार
पछिल्लो खबर
-
कर्णाली विकास बैंक समस्याग्रस्त घोषित
-
व्यावसायिक पशुपालनबाट वार्षिक १२ लाख आम्दानी
-
कजाकिस्तानमा ६७ यात्रुसहित उडेको विमान दुर्घटनाग्रस्त, २५ जना जीवितै उद्धार
-
एनसीएचएलको १६ औं वार्षिकोत्सव सम्पन्न
-
पाँच महिनामा सवा तीन लाख बैदेशिक रोजगारीमा, मंसिरमा मात्रै ८४ हजारले लिए श्रम स्वीकृति
-
ग्लोबल आइएमई बैंकद्वारा हाटबजार सञ्चालन