काठमाण्डौ । बाणिज्य बैंकहरुले आगामी वैशाखका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । जसअनुसार २० वटा वाणिज्य बैंकमध्ये ३ वटा बैंकले व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर घटाएका छन् भने एउटा मात्रै बैंकले बढाएको छ।
यस्तो छ ब्यक्तिगत निक्षेपतर्फ बाणिज्य बैंकहरुले तोकेको ब्याजदर
-
एनआईसी एशिया बैंकले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर ६.६० प्रतिशत र संस्थागततर्फ अधिकतम ५६० प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।
- नेपाल बैंक लिमिटेडले व्यक्तिगत निक्षेपको अधिकतम ब्याजदर ५.१५ प्रतिशत र संस्थागततर्फ अधिकतम ४ प्रतिशत कायम गरेको छ । े चैत महिनामा क्रमशः ५.५० प्रतिशत ४.१५ प्रतिशत कायम थियो ।
- प्रभु बैंकले व्यक्तिगततर्फ अधिकतम ६.१ प्रतिशत र संस्थागततर्फ ५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । चैतमा बैंकले संस्थागत निक्षेपतर्फ अधिकतम ५.१ प्रतिशत ब्याज दिएको थियो ।
- एभरेष्ट बैंकले व्यक्तिगत निक्षेपतर्फ अधिकतम ६.६१ र संस्थागतर्फ ५.६१ प्रतिशत ब्याजदर दिने भएको छ । बैंकले चैत महिनाका लागि व्यक्तिगततर्फ ६ र संस्थागततर्फ अधिकतम ५ प्रतिशत ब्याजदर तोकेको थियो ।
- सिटिजन्स इन्टरनेशनल बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ५.६५ प्रतिशत र संस्थागततर्फ ४ प्रतिशत ब्याजदर तोकेको छ ।
- राष्ट्रिय वाणिज्य बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६ प्रतिशत र संस्थागततर्फ ३ प्रतिशत ब्याजदर तोकेको छ । चैतमा संस्थागततर्फ अधिकतम ३.५ प्रतिशत ब्याजदर थियो ।
- सानिमा बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ५.९५ प्रतिशत र संस्थागततर्फ ४.२ प्रतिशत ब्याजदर कायम गरेको छ । चैतमा व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६.०५ प्रतिशत र संस्थागततर्फ ४.३० प्रतिशत ब्याजदर कायम गरेको थियो ।
- प्राइम कमर्सियल बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६.२५ प्रतिशत र संस्थागततर्फ ३.५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । संस्थागततर्फ बैंकले चैत महिनामा अधिकतम ४ प्रतिशत ब्याजदर दिएको थियो ।
- नेपाल एसबीआई बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ५.५ प्रतिशत र संस्थागततर्फ ४.५ प्रतिशत ब्याजदरको व्यवस्था गरेको छ ।
ग्लोबल आइएमई बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६ प्रतिशत र संस्थागतर्फ ४.२५ प्रतिशत ब्याजदर प्रदान गर्ने निर्णय गरेको छ । चैतमा संस्थागत निक्षेपकर्तालाई अधिकतम ४.५० प्रतिशत थियो ।
- सिद्धार्थ बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६ प्रतिशत र संस्थागततर्फ ५ प्रतिशत ब्याजदर कायम गरेको छ ।
- एनएमबी बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६.६० प्रतिशत र संस्थागततर्फ ५.६० प्रतिशत ब्याजदरको व्यवस्था गरेको छ । .
- हिमालयन बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ५.५० प्रतिशत र संस्थागतर्फ ४ प्रतिशत ब्याजदर दिने निर्णय गरेको छ ।
- कृषि विकास बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ५.५१ प्रतिशत र संस्थागततर्फ ३.२५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।
- माछापुच्छ्रे बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६ प्रतिशत र संस्थागततर्फ ४ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।
- कुमारी बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ५.९२ र संस्थागततर्फ ४.९२ प्रतिशत ब्याजदर दिने भएको छ । चैतमा व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ५.८१ र संस्थागततर्फ ५.०१ प्रतिशत थियो ।
- स्ट्याण्डर्ड चाटर्ड बैंकले व्यक्तिगततर्फ अधिकतम ६.२५ प्रतिशत र संस्थागततर्फ ३.२५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।
- नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६.१ प्रतिशत र संस्थागततर्फ ५.१ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।
- लक्ष्मी सनराइज बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ५.७५ प्रतिशत र संस्थागततर्फ ४.५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।
- नबिल बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ५.७५ प्रतिशत र संस्थागततर्फ ४.०५ प्रतिशत ब्याजदर कायम गरेको छ । बैंकले संस्थागत निक्षेपकर्तालाई चैत महिनामा अधिकतम ४.२५ प्रतिशत ब्याजदर दिएको थियो ।
198
Shares