पात्रो

रेडियो

समाचार खोजी

सुनको मूल्यले हरेक दिन तोड्दै रेकर्ड..... तोलाकै पुग्यो एक लाख ८५ हजार

साझा अर्थ संवाददाता २९ चैत २०८१, शुक्रवार

 

आज शुक्रबार पनि सुनको भाउमा तीन हजार नौ सय रुपैया वृद्धि भएको छ । बिहिबार तोलामा ५७ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ८१ हजार १ सय रुपैयाँको ऐतिहासिक मूल्यमा कारोबार भएको छापावाल सुनको भाउ आज  प्रतितोला १ लाख ८५ हजार रुपैयाँ पुगेको छ । नेपाली बजारमा आज कायम भएको सुनको भाउ हालसम्मकै उच्च हो ।


आज प्रति १० ग्राम छापावाल सुनको भाउ १ लाख ५८ हजार ६१० रुपैयाँ पुगेको छ । 
आज चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले बढेर प्रतितोला १ हजार ९ सय ५ रुपैयाँ पुगेको छ । आज १० ग्राम चाँदीको भाउ १ हजार ६ सय ३३ रुपैयाँ तोकिएको छ ।

117 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा ट्रेन्डिङ