काठमाडौं । केही दिनदेखि निरन्तर घटिरहेको नेप्से आज सम्हालिएको छ । मंगलबार नेप्से ३.४४ अंकले घटेर २६६६.६१ अंकमा पुगेको छ । बजारमा झिनो सुधार देखिंदा विकास बैंक, होटल, हाइड्रो, लगानी, जीवन बीमा, म्युचुअल फण्ड र अन्य समूह राताम्मे भए भने बाँकी समूह सकारात्मक भएको हो ।
आज ३२१ कम्पनीका १ करोड ६ लाख ४३ हजार ४ सय ६९ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ३० करोड ९५ लाख ६८ हजारको कारोबार भएको छ । आज भएको कारोबारमा बोटलर्स नेपाल बालाजु, वीन नेपाल लघुवित्त र नेपाल माइक्रो इन्स्योरेन्सका लगानीकर्ताहरुले क्रमशः १०, १० र ९.९९ प्रतिशतले नाफा कमाएका छन् ।
त्यस्तै बाराही हाइड्रोका लगानीकर्ताहरुले सबैभन्दा बढी ५.८५ प्रतिशतले घाटा व्यहोरे ।
आज एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको उच्च कारोबार भयो । उक्त कम्पनीको ५९ करोड १४ लाख ४२ हजार ५ सय ४८ रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।
साझा अर्थ संवाददाता