यस वर्षको वसन्तकालीन सिजनका लागि आरोहीले सर्वोच्च शिखर सगरमाथासहित विभिन्न २९ हिमाल आरोहणका लागि अनुमति लिएका छन् । हालसम्म सात समूहबाट १७ महिलासहित ७७ जनाले सगरमाथा (८,८४८.८६ मि) आरोहणको अनुमति लिएको पर्यटन विभागले जनाएको छ । विभागका अनुसार अन्नपूर्ण–१ (८,०९१ मि) आरोहण गर्न ६६ जना र अन्नपूर्ण–५ का लागि आठजनाले अनुमति लिएका छन् । यस्तै, मकालु हिमाल (८,४८५ मि) आरोहणका लागि १५, ल्होत्से (८,५१६ मि) आरोहणका लागि १५ जनाले अनुमति पाएको विभागले जनाएको छ ।
विभिन्न हिमाल आरोहणका लागि अनुमति लिएका आरोहीहरू सम्बन्धित हिमालतर्फ जाने क्रम सुरु भइसकेको छ । तर, अझै पिक चढ्न भने सुरु गरिएको छैन । सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि आइसफल डाक्टरहरूले बाटो बनाउने काम गरिरहेका छन् । तर, खराब मौसमका कारण रोप फिक्सिङको काम गर्न कठिन भइरहेको बताइएको छ । अहिले खुम्बु आइसफल क्षेत्रमा भ¥याङ राख्ने र डोरी टाँग्ने काम भइरहेको छ ।
साझा अर्थ संवाददाता