पात्रो

रेडियो

समाचार खोजी

वरिष्ठ डेपुटी गभर्नर तिम्सिनालाई कार्यवाहक गभर्नरको जिम्मेवारी

साझा अर्थ संवाददाता २५ चैत २०८१, सोमवार

काठमाडौँ, २५ चैतः नेपाल राष्ट्र बैंकका वरिष्ठ डेपुटी गभर्नर निलम ढुङ्गाना तिम्सिनालाई अस्थायी गभर्नरको जिम्मेवारी तोकिएको छ। गभर्नर नियुक्तिका लागि गठन गरिएको सिफारिस समितिले नाम सिफारिस गर्नमा ढिलाइ गरेपछि अर्थ मन्त्रालयले तिम्सिनालाई उक्त जिम्मेवारी दिने निर्णय गरेको हो। नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा २७ बमोजिम उपप्रधानमन्त्री र अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ढुङ्गानालाई अस्थायी गभर्नरको जिम्मेवारी तोक्नुभएको उहाँको सचिवालयले जनाएको छ। गभर्नर नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले अर्थमन्त्री पौडेलको संयोजकत्वमा पूर्वगभर्नर विजयनाथ भट्टराई र अर्थविद् विश्व पौडेलको समावेशी तीन सदस्यीय समिति गठन गरिएको छ।

198 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता