उपत्यकाको वायु खतरनाक अवस्थामा रहेकाले यसबाट बच्न उच्च सतर्कता अपनाउन आग्रह गर्दै अनावश्यक रूपमा घरबाट बाहिर ननिस्कन स्वास्थ्य मन्त्रालयले अनुरोध गरेको छ ।
काठमाडौँ उपत्यकामा एक सातादेखी वायु प्रदूषणको उच्च देखिएको छ । आइक्यू एअरले आइतबार बिहान गरेको मापनअनुसार उपत्यका विश्वको दोस्रो प्रदूषित शहरमा परेको छ ।
अहिले काठमाडौँ उपत्यकाको‘ ‘एयर क्वालिटी इन्डेक्स’ (एक्यूआई) अर्थात् औसत वायु गुणस्तर सूचक २११ रहेको छ । वायु प्रदूषणमा भारतको दिल्ली पहिलो स्थानमा छ । जहाँ एक्यूआई २९० छ । यस्तै, तेस्रो स्थानमा रहेको पाकिस्तानको लाहोरको १९९ एक्यूआई छ ।
लामो समयदेखि पानी नपर्नु र नेपालका विभिन्न जङ्गलमा लागेको डढेलो र धुवाँका कारण काठमाडौंडौँको आकाशमा धुलो थुप्रिएकाले वायु प्रदूषण उच्च भएको विज्ञहरुले बताएका छन् । विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसार मानव स्वास्थ्यका लागि वायुको गुणस्तर सूचकाङ्क ० देखि ५० सम्म स्वास्थ्यको लागि राम्रो मानिन्छ ।
साझा अर्थ संवाददाता