सोलुखुम्बुस्थित लुक्लाको विमानस्थल क्षेत्रको मौसम खुलेसँगै आइतबार बिहानैबाट रामेछापको मन्थलीबाट लुक्लाको हवाइ उडान शुरू भएको छ । लुक्ला विमानस्थलमा मौसमका कारण उडान हुन नसकेपछि बिहीबारबाट करिब ५ सय पर्यटक मन्थलीमै अड्किएका थिए । उनिहरुलाई हेलिकप्टरमार्फत लुक्ला र विमानमार्फत फाप्लु विमानस्थल पुर्याइएको थियो ।
चार दिनपछि लुक्लाको मौसम खुलेसँगै आइतबार बिहानैदेखि मन्थली–लुक्ला उडान सुरु भएको मन्थली विमानस्थल प्रमुख हिरोण शाहले बताए ।
नागरिक उड्डयन प्राधिकरणले सरकारले सगरमाथा क्षेत्र भ्रमणमा आएका पर्यटकलाई दुई सिजनमा मन्थली विमान स्थलको प्रयोग गरी गन्तव्यसम्म पुर्याउने गरेको छ । वसन्त ऋतुको चैतदेखि जेठ महिनासम्म र शरद ऋतुको असोज पहिलो सातादेखि मङ्सिर १५ सम्म मन्थली विमानस्थलमार्फत पर्यटकलाई लुक्ला लैजाने र ल्याउने व्यवस्था गरिएको छ ।
साझा अर्थ संवाददाता