गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीले ५ वैशाखमा विशेष साधारणसभा आह्वान गरेको छ। सभामा शतप्रतिशत हकप्रद निष्काशन गर्ने सहितका विविध प्रस्ताव पेश हुने छन् । कम्पनीले १स्१ को अनुपातमा शतप्रतिशत हकप्रद निष्काशन गर्न लागेको हो ।
कम्पनीले विशेष साधारणसभा प्रयोजनका लागि कम्पनीले यही चैत २८ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । चैत २७ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरुले कम्पनीको सो विशेष साधारणसभामा सहभागी हुन पाउने छन् ।
साझा अर्थ संवाददाता