पात्रो

रेडियो

समाचार खोजी

भैरहवामा अन्तराष्ट्रिय उडान फेरी बन्द हुने निश्चित

साझा अर्थ संवाददाता १८ चैत २०८१, सोमवार

 

१ अप्रिलदेखि सुरु हुने समर सिजनमा कुनै पनि वायुसेवा कम्पनीले भैरहवा उडानको सेड्युल पेस नगरेपछि तत्काललाई गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तराष्ट्रिय उडान ठप्प हुने भएको छ । भैरहवामा जजिरा एयरवेज, थाई एयर एसिया र फ्लाई दुबईले नियमित उडान गर्दै आइरहेका थिए । तर आइतबार ९३० मार्च०देखि नै भैरहवामा तीनवटै वायुसेवाले आफ्नो उडान हटाएका हुन् । सम्बन्धित वायुसेवा कम्पनीका प्रतिनिधिसँग छलफल चलिरहेको र छिट्टै टुंगो लगाएर नियमित उडानको प्रयास भइरहेको गौतम बुद्ध विमानस्थलका महाप्रबन्धक प्रताप तिवारीले बताए । तत्काललाई भने नियमित अन्तर्राष्ट्रिय उडान रोकिएको उनको भनाइ छ ।

235 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा ट्रेन्डिङ