पात्रो

रेडियो

समाचार खोजी

दोलखाका स्थानीय तहहरुबाट ४८ करोड बढी शशर्त, विशेष र समपुरक अनुदान फिर्ता

साझा अर्थ संवाददाता ४ भदौ २०८१, मङ्गलवार

दोलखा : दोलखाका स्थानीय तहहरुले गत आर्थिक वर्ष २०८०/८१ को बजेटबाट विनियोजित शशर्त, विशेष र समपुरक अनुदान मार्फत आएको ४८ करोड भन्दा बढी रकम फिर्ता गरेका छन् ।  विभिन्न कारणले खर्च गर्न नसकी तथा काम सम्पन्न भए पश्चात बाँकी रहन गएको सो रकम उनीहरुले फिर्ता गरेका हुन् । 
शशर्त, विशेष र समपुरक अनुदानतर्फ संघ तथा प्रदेशबाट विनियोजित रकम मध्ये दोलखाका नौ स्थानीय तहहरुबाट गत आबमा संघ तथा प्रदेश बाट विनियोजित रकम मध्ये कुल ४८ करोड ३ लाख ७५ हजार १७ रुपैयाँ फिर्ता भएको कोष तथा लेखा नियन्त्रक कार्यालय दोलखाले जनाएको छ । कार्यालयका अनुसार विभिन्न योजनाकालागि विनियोजित रकम मध्ये शुन्य खर्च भई ५ करोड ४८ लाख ९७ हजार रुपैयाँ फिर्ता भएको छ भने कार्य सम्पन्न पश्चात बाँकी रहन गएको रकम ४२ करोड ५४ लाख ७८ हजार १७ रुपैयाँ फिर्ता भएको छ ।  
फिर्ता भएको रकम मध्ये सबै भन्दा बढी भीमेश्वर नगरपालिकाबाट तथा सबै भन्दा कम बैतेश्वर गाउँपालिकाबाट फिर्ता भएको कार्यालयको तथ्याङ्क छ । भीमेश्वर नगरपालिकाबाट ११ करोड ८३ लाख ८१ हजार ४३० रुपैयाँ फिर्ता भएको छ भने बैतेश्वर गाउँपालिकाबाट २ करोड ६४ लाख २० हजार २६२ रुपैयाँ फिर्ता भएको छ । 
यसैगरी तामाकोशी गाउँपालिकाबाट ७ करोड २४ लाख ७१ हजार ८१४, गौरिशंकर गाउँपालिकाबाट ६ करोड ५ लाख २५ हजार ३५६, विगु गाउँपालिकाबाट ४ करोड ५६ लाख ५७ हजार ९१८ तथा जिरी निगरपालिकाबाट  ४ करोड ४० लाख ३३ हजार ३९० रुपैयाँ फिर्ता भएको कोष तथा लेखा नियन्त्रक कार्यालय दोलखाले जनाएको छ । 
यस्तै मेलुङ गाउँपालिकाबाट ४ करोड २ लाख ७४ हजार ६६९, शैलुङ गाउँपालिकाबाट ३ करोड ७७ लाख ६७ हजार ४९३ तथा कालिञ्चोक गाउँपालिकाबाट ३ करोड ४८ लाख ४२ हजार ६८३ रुपैयाँ फिर्ता भएको कोष तथा लेखा नियन्त्रक कार्यालयको तथ्याङ्क छ । 
समग्रमा दोलखाका स्थानीयतहरुकोलागि गत आर्थिक वर्षमा प्रदेश तथा संघबाट विनियोजित रकममध्ये खर्च नभई १ दशमल ९० प्रतिशत फिर्ता भएको छ  भने कार्यसम्पन्न पश्चात बाँकी हुनगई फिर्ता गएको रकम १४ दशमलब ७५ प्रतिशत रहेको छ ।  दोलखाका स्थानीय तहहरुले शशर्त, विशेष र समपुरक अनुदान रकमको ८३ दशमलब ३५ प्रतिशत खर्च गरेको कोष तथा लेखा नियन्त्रक कार्यालय दोलखाले जनाएको छ ।

408 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्