पात्रो

रेडियो

समाचार खोजी

न्यून राजस्व र बढ्दो सार्वजनिक ऋणको दायित्वले विकास वित्त परिचालनमा समस्या भएको अर्थमन्त्रीको भनाई

साझा अर्थ संवाददाता ४ भदौ २०८१, मङ्गलवार

काठमाडौँः उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विकासोन्मुख र अल्प विकसित मुलुकहरुको आन्तरिक राजस्व परिचालन गर्ने क्षमता कमजोर हुँदै गएको र सार्वजनिक ऋणको भार पनि बढ्दै गएकाले विकासका लागि स्रोतको जोहो गर्नु चुनौतीपूणर् भएको बताउनुभएको छ । संयुक्त राष्ट्रसंघद्वारा अर्थ मन्त्रालय र नेपाल उद्योग वाणिज्य महासङ्घसँगको सहकार्यमा आज काठमाडौंमा आयोजित एक कार्यक्रममा उहाँले सो कुरा बताउनु भएको हो । 
‘विकासका लागि वित्तसम्बन्धी संवाद’ कार्यक्रममा आफ्नो धारण राख्दै अर्थमन्त्री पौडेलले नेपालले न्यून राजस्व सङ्कलन र बढ्दो सार्वजनिक ऋणको दायित्वका कारण सिर्जित समस्या भोगिरहेको बताउनुभयो  । यसका कारण  दिगो विकासको लक्ष्य पूरा गर्ने सङ्कल्पलाई टाढा धकेल्ने जोखिम बढेको उहाँको भनाई रहेको छ । उच्च व्यापार घाटा, सुस्त आर्थिक वृद्धि, विकास सहायताको घट्दो प्रवृत्तिले विकासोन्मुख र अल्पविकसित देशहरु थप समस्यामा रहेको  उल्लेख गदै अर्थमन्त्री पौडेलले विकास वित्तका नवीन तथा वैकल्पिक उपायहरुको उपयोग गर्नुपर्ने देखिएको बताउनुभयो विकास साझेदारहरुसँग यी विषयमा पर्याप्त अन्तरक्रिया गरी अगाडि बढ्न सरकार दृढ रहेको पनि उहाँले उक्तअवसरमा बताउनुभयो ।
स्वदेशमा नैं रोजगारीको अवसर सिर्जना गर्न सरकार प्रयत्नशील रहेको बताउँदै पौडेलले सरकारी र निजी लगानी बढाउनसकेमा स्वदेशमा नै कामका अवसर बढाउन सकिने विश्वास उहाँले व्यक्त गर्नुभयो ।   
सोही कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा प्रत्यक्ष वैदेशिक लगानीको अवस्था निकै कमजोर रहेको बताउनुभयो । नेपाल अतिकम विकसित मुलुकबाट स्तरोन्नति हुने क्रममा ऋणमा बढ्दो निर्भरताले अरु चुनौती थप्ने ढाकालको भनाई रहेको छ ।

327 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्

सम्बन्धित समाचारहरु