पात्रो

रेडियो

समाचार खोजी

नेपाल सुपर लिगको टिकेटिङ पार्टनरमा खल्ती र आइएमई पे

साझा अर्थ संवाददाता १३ चैत २०८१, बुधवार

 

१६ चैत्रदेखि १३ वैशाखसम्म दशरथ रंगशालामा हुन गइरहेको नेपाल सुपर लिग (एनएसएल) २०२५ को तेस्रो संस्करणमा खल्ती र आइएमई पे एकसाथ टिकटिङ पार्टनरका रूपमा आबद्ध भएका छन्।

फुटबल फ्यानहरूले खल्ती एप वा आइएमई पे एपबाट सजिलै टिकट काट्न सक्नेछन्। एनएसएलका अघिल्ला संस्करणहरूमा आइएमई पे तथा नेपाल प्रिमियर लिग, अर्जुन ट्रफी, ईन्टरनेसनल उमन्स च्यामपेन्सिप जस्ता लिगमा खल्ती टिकटिङ पार्टनरको सफल रूपमा प्रस्तुत भइसकेका छन्।

यी दुवै डिजिटल वालेटको संयुक्त टिकटिङ साझेदारीले नयाँ ऊर्जा थप्नेमा विश्वस्त रहेको साझेदारहरू बताउँछन्।

नेपाल सुपर लिगका प्रबन्ध निर्देशक श्रेयान्स कार्की उत्साह व्यक्त गर्दै भन्छन्, ‘नेपालका दुई विश्वसनीय डिजिटल भुक्तानी प्लेटफर्मसँग साझेदारी गर्न पाउँदा हामी अत्यन्तै उत्साहित छौं।’ आइएमई पेका कार्यकारी अधिकृत प्रविन रेग्मीले खल्ती र एनएसएलसँग सहकार्य गर्दै नेपाली फुटबलको विकासमा योगदान र खेलप्रेमीहरूको अनुभवलाई डिजिटल सलुसनद्वारा थप सहज बनाउने लक्ष्य राखेको बताए।

खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले पनि खुसी व्यक्त गर्दै भने, ‘हामी स्वयं खेलप्रेमीको रूपमा दर्शकहरूलाई अनलाइन प्लेटफर्ममार्फत सजिलै आफ्नो सिट सुरक्षित गर्ने सुविधा प्रदान गर्न पाउँदा खुसी छौँ। हामी दशरथ रंगशालामा गुन्जिने नाराहरू, त्यो जोस र उमंग अनुभव गर्न प्रतीक्षारत छौँ। अब गुन्जिनेछ रंगशाला, अब गुन्जिनेछ नेपाल।’

215 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्
साझा ट्रेन्डिङ