काठमाडौं । नेपालमा कारोबार गरिरहेका विदेशी पुनर्बीमा दलालहरूलाई नेपालमा कार्यालय स्थापना गर्न नेपाल बीमा प्राधिकरणले निर्देशन दिएको छ ।
बीमकको पुनर्बीमा निर्देशिका, २०८० बमोजिम कार्यालय स्थापना नगरेका विदेशी पुनर्बीमा दलालहरूलाई तीन महिनाभित्र कार्यालय स्थापना गर्न आइतबार निर्देशन दिएको हो ।
बीमकको पुनर्बीमा निर्देशिका, २०८० मा प्राधिकरणमा सूचीकरण भएका र सूचीकरण नम्बर प्राप्त गरेका पुनर्बीमा दलालले छ महिनाभित्र नेपालमा संयुक्त लगानीमा कम्पनी, शाखा वा सम्पर्क कार्यालय स्थापना गर्नु पर्नेछ भन्ने व्यवस्था रहेको छ ।
साझा अर्थ संवाददाता