पात्रो

रेडियो

समाचार खोजी

निर्जीबन बिमा कम्पनीले गरे आठ महिनामा २८ अर्ब संकलन

साझा अर्थ संवाददाता १० चैत २०८१, आइतवार

काठमाडौं । चालु आर्थिक वर्षको आठ महिनामा १४  निर्जीबन बिमा कम्पनीले २८ अर्ब २ करोड ८८ लाख बिमा शुल्क संकलन गरेका छन् । समिक्षा अवधिमा १८ लाख ४३ हजार ४५६वटा बिमालेख जारी गरेर उक्त रकम बिमा शुल्क आर्जन गरेको बिमा प्राधिकरणको तथ्यांक छ । प्राधिकरणका अनुसार शिखर इन्स्योरेन्सले ४ अर्ब १ करोड ३९ लाख, नेको इन्स्योरेन्सले २ अर्ब १९ करोड ४८ लाख, नेपाल इन्स्योरेन्स कम्पनीले १ अर्ब ४० करोड २४ लाख रुपैयाँ, दि ओरिएन्टल इन्स्योरेन्सले १ अर्ब ७० करोड ३५ लाख, राष्ट्रिय बिमा कम्पनीले १ अर्ब ९ करोड ३८ लाख रुपैयाँ संकलन गरेको छ ।
त्यस्तै, नेशनल इन्स्योरेन्सले ७६ करोड ४७ लाख, प्रभु इन्स्योरेन्सले १ अर्ब १६ करोड १५ लाख, एनएलजी इन्स्योरेन्सले १ अर्ब ८५ करोड ९१ लाख, हिमालयन एभरेष्ट इन्स्योरेन्सले २ अर्ब २१ करोड ५ लाख, सानिमा जिआईसी इन्स्योरेन्सले १ अर्ब ५७ करोड १० लाख रुपैयाँ बिमा शुल्क आर्जन गरेको छ ।
यस्तै सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले २ अर्ब ७५ करोड ३९ लाख, सगरमाथा लुम्बिनी इन्स्योरेन्सले ३ अर्ब ३२ करोड ४४ लाख, आईजिआई प्रुुडेन्सियल इन्स्योरेन्सले २ अर्ब ३७ करोड ६० लाख र युनाइटेड अजोड इन्स्योरेन्सले १ अर्ब ५९ करोड ८६ लाख रुपैयाँ बिमा शुल्क आर्जन गरेको छ ।

यस्तै फागुन महिनामा मात्रै निर्जीबन बिमा कम्पनीले २ लाख २१ हजार ७७६ वटा बिमालेख फर्मात ३ अर्ब ७५ करोड ४७ लाख रुपैयाँ बिमाशुल्क आर्जन गरेका छन् ।

159 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा ट्रेन्डिङ