पात्रो

रेडियो

समाचार खोजी

रामनवमीमा सार्वजनिक बिदा, यस्ता छन् मन्त्रीपरिषदका निर्णय

साझा अर्थ संवाददाता ६ चैत २०८१, बुधवार

सरकारले रामनवमीका दिन चैत २४ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । चैत ४ गतेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले   पत्रकार सम्मेलनमा उक्त जानकारी दिएका छन्। सो बैठकले राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी प्रमुखमा बैतडीका दिनेशप्रसाद भट्टलाई नियुक्त गर्ने निर्णय गरेको छ । त्यस्तै, 
अर्घाखाँचीका यदुनाथ पौडेललाई जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको प्रबन्ध सञ्चालकमा नियुक्त गर्ने , सुर्खेतकी पवित्रा सुवेदी र मकवानपुरका रामशरण सापकोटालाई शिक्षक सेवा आयोगको सदस्यमा नियुक्ति गर्ने निर्णय भएको छ ।  

266 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा ट्रेन्डिङ