पात्रो

रेडियो

समाचार खोजी

१३ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त मुद्रा सञ्चिती

साझा अर्थ संवाददाता २ भदौ २०८१, आइतवार

गत आव २०८०/८१ मा  मुलुकको शोधानन्तर बचत ५ खर्ब २ अर्ब ४९ करोड रुपैयाँ पुगेको छ।  अघिल्लो वर्ष शोधानन्तर बचत २ खर्ब ८५ अर्ब ८२ करोड रुपैयाँ थियो। 
शोधानन्तर स्थितिमा सकारात्मक प्रभाव परेपछि चालू खाता घाटा पनि २ खर्ब २१ अर्ब ३४ करोड रुपैयाँ बचतमा गएको छ। यस्तो बचत अघिल्लो वर्ष १ अर्ब ६६ करोड रुपैयाँ मात्र थियो।

गत वर्ष कुल वस्तु निर्यात अघिल्लो वर्षको तुलनामा ३ प्रतिशतले घटेर १ खर्ब ५२ अर्ब ३८ करोडमा सिमित हुँदा आयात भने १।२ प्रतिशतले घटेर १५ खर्ब ९२ अर्ब ९९ करोड रुपैयाँमा सिमित भएको छ।
गत वर्षसम्म विदेशी मुद्रा सञ्चिति २० खर्ब ४१ अर्ब १० करोड रुपैयाँ अर्थात् १५ अर्ब २७ करोड डलर पुगेको छ। विदेशी मुद्रा सञ्चिति अमेरिकी डलर ८० असारको तुलनामा ३०.४ प्रतिशतले बढेको हो भने नेपाली रुपैयाँमा ३२.६ प्रतिशतले बढेको हो।
विदेशी मुद्रा सञ्चितिमा देखिएको उच्च वृद्धिले गत वर्षको आयातलाई आधार मान्दा आगामी १५.६ महिनाको वस्तु आयात र १३ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको राष्ट्र बैंकले जनाएको छ।

167 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा ट्रेन्डिङ