पर्यटनको सिजन सुरु भएसँगै निजी विमान कम्पनीहरूले मन्थलीबाट सोलुको लुक्ला उडान गर्न थालका छन् । सीता, तारा र समिट एयरले काठमाडौं विमानस्थलमा चाप धेरै भएपछि प रामेछापको विमानस्थलबाट सोलुको लुक्लातर्फको उडान शुरु गरेका हुन् ।
सगरमाथा आधार शिविरतर्फ जाने पर्यटकहरू बिपी राजमार्ग हुँदै सवारीसाधन प्रयोग गरेर मन्थलीसम्म आउने गरेका छन् । विमानस्थलबाट दैनिक सरदर ४५ देखि ६० उडान सोलुको लुक्ला भर्दै आएका छन्। मौसम खराबी हुँदा उडान नभएमा पर्यटकहरू स्थलमार्ग हुँदै सवारीसाधनमार्फत लुक्ला जाने गरेका छन् ।
साझा अर्थ संवाददाता