काठमाडौं । मंगलबारदेखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट चिनियाँ वायुसेवा कम्पनी सिचुआन एयरलाइन्सले छेन्दुबाट १ सय २८ यात्रु पोखरा ओरालेको छ ।
आज बिहान पहिलो उडानको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेसँगै नियमित चार्टर उडान थालेको छ । पोखराबाट १ सय २० यात्रु सोही उडानबाट छेन्दु जाने नेपालस्थित चिनियाँ दूतावासले जनाएको छ ।
यो संगै पोखराको पर्यटन प्रबद्र्धन र व्यवसायमा थप राहत पुग्ने पर्यटन व्यवसायीको अपेक्षा छ ।
साझा अर्थ संवाददाता