sajhaartha.com ९ पुष २०८१, मङ्गलवार
९ पुष २०८१, मङ्गलवार
24th, December 2024, Tuesday
ताजा खबर

मूल्य वृद्धि २.३ प्रतिशत बिन्दुले घट्यो

२ भदौ २०८१, आइतवार साझा अर्थ संवाददाता
104
Shares

१ वर्षमा मूल्य वृद्धि २.३ प्रतिशत बिन्दुले घटेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार मूल्य वृद्धि दर (मुद्रास्फीति) २०८० असारको तुलनामा २०८१ असारमा २.३ प्रतिशत बिन्दुले घटेको हो । आर्थिक वर्ष २०८०÷८१ मा वार्षिक औसत उपभोक्ता मुद्रास्फीति ५.४४ प्रतिशत रहेको छ । अघिल्लो आर्थिक वर्ष यस्तो मुद्रास्फीति ७.७४ प्रतिशत रहेको थियो । 

 तथ्यांकअनुसार २०८० असारसम्म ७.४४ प्रतिशत रहेको बाषिक विन्दुगत उपभोक्ता मुद्रास्फीति गत आवमा ३.५७ प्रतिशत रहेको छ । 

अघिल्लो आर्थिक वर्षको तुलनामा आर्थिक वर्ष २०८०–८१ मा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत मरमसला उप–समूहको मूल्यवृद्धि २६.४० प्रतिशत, दाल तथा गेडागुडीको ९.९६ प्रतिशत, चिनी तथा चिनीजन्य वस्तुहरुको ९.८७ प्रतिशतले घटेको छ । त्यस्तै, खाद्य तथा खाद्यजन्य पदार्थको ९.८५ प्रतिशत र तरकारीहरुको ८.२९ प्रतिशत रहेको छ भने घ्यू तथा तेल उप– समूहको मूल्य सूचकांक १०.९९ प्रतिशतले घटेको छ ।

त्यस्तै, गैर–खाद्य तथा सेवा समूह अन्तर्गत विविध वस्तु तथा सेवाहरु उप–समूहको मूल्यवृद्धि ११।३८ प्रतिशत, मनोरञ्जन तथा संस्कृतिको १०।९६ प्रतिशत, शिक्षाको ७।७३ प्रतिशत, फर्निसिङ्ग तथा घरायसी उपकरणहरुको ४।७५ प्रतिशतले बढेको छ । कपडाजन्य तथा जुत्ता चप्पलको ४।५६ प्रतिशत रहेको छ भने यातायात उप–समूहको मूल्य सूचकांक ०।८२ प्रतिशतले घटेको छ ।


गत आर्थिक वर्षमा खाद्य तथा पेय पदार्थ समूहको वार्षिक औसत उपभोक्ता मुद्रास्फीति ६.४७ प्रतिशत रहेको छ । अघिल्लो आर्थिक वर्ष उक्त समूहको यस्तो मुद्रास्फीति ६.६२ प्रतिशत रहेको थियो । २०८१ असार महिनामा खाद्य तथा पेय पदार्थ समूहको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ४।१० प्रतिशत रहेको छ । २०८० असार महिनामा उक्त समूहको यस्तो मुद्रास्फीति ७.३८ प्रतिशत रहेको थियो ।


त्यस्तै, गैर–खाद्य तथा सेवा समूहको वार्षिक औसत उपभोक्ता मुद्रास्फीति ४।६४ प्रतिशत रहेको छ । अघिल्लो आर्थिक वर्ष उक्त समूहको यस्तो मुद्रास्फीति ८.६२ प्रतिशत रहेको थियो । २०८१ असार महिनामा गैर–खाद्य तथा सेवा समूहको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ३.१५ प्रतिशत रहेको छ । २०८० असार महिनामा उक्त समूहको यस्तो मुद्रास्फीति ७.४८ प्रतिशत रहेको थियो । 

गत आर्थिक वर्षमा काठमाडौं उपत्यकाको वार्षिक औसत उपभोक्ता मुद्रास्फीति ५.९९ प्रतिशत, तराईको ४.८२ प्रतिशत, पहाडको ५.७८ प्रतिशत र हिमालको ६.८६ प्रतिशत रहेको छ । अघिल्लो आर्थिक वर्ष उक्त क्षेत्रहरुको यस्तो मुद्रास्फीति क्रमशः ७.५५ प्रतिशत, ८ प्रतिशत, ७.५६ प्रतिशत र ७.१२ प्रतिशत रहेको थियो । 

२०८१ असार महिनामा काठमाडौं उपत्यकाको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ३.९२ प्रतिशत, तराईको ३.२१ प्रतिशत, पहाडको ३।७७ प्रतिशत र हिमालको ३.७१ प्रतिशत मुद्रास्फीति रहेको छ । २०८० असार महिनामा उक्त क्षेत्रहरुको यस्तो मुद्रास्फीति क्रमशः ७.७० प्रतिशत, ७.४८ प्रतिशत, ६.९८ प्रतिशत र ८.१९ प्रतिशत रहेको थियो ।

 

साझा अर्थ संवाददाता
२ भदौ २०८१, आइतवार

104

Shares

सम्बन्धित समाचार