काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्समा निर्वाचित तीनै जनाले पदबहाली गरेका छन्।
इन्स्योरेन्सको २५औं वार्षिक साधारण सभाको निर्णयानुसार स्थगन रहेको सर्वसाधारण शेयरधनीहरु (समूह ख) को संचालक निर्वाचन चैत २ गते वीरगञ्जमा सम्पन्न भएको थियो । निर्वाचनबाट बिमल प्रसाद ढकाल, कृष्णराज लामिछाने र शर्मिला श्रेष्ठ महर्जन संचालक सदस्यको पदमा निर्वाचित भएका थिए ।
साझा अर्थ संवाददाता