पात्रो

रेडियो

समाचार खोजी

बैशाख १ देखि बीमा दावीको सुनुवाई गर्न प्राधिकरणमै इजलास

साझा अर्थ संवाददाता २९ फागुन २०८१, बिहिवार

काठमाडौं । वैशाख १ गतेदेखि ललितपुरको कुपण्डोलस्थित प्राधिकरणको केन्द्रीय कार्यालयमा बीमा दाबी सम्बन्धी उजूरीहरूको सुनुवाई गर्न ईजलाश संचालन गर्ने भएको छ ।

प्राधिकरण संचालक समितिको  बैठकले बैशाख १ गतेदेखि लागू हुने गरी प्राधिकरणमा दायर भएका बीमा दाबी सम्बन्धी उजुरीहरूको सुनुवाई गर्ने प्रयोजनको निम्ति प्राधिकरणको भवनमा ईजलाश संचालन गर्ने निर्णय गरेको हो । यसैगरी, प्राधिकरण संचालक समितिको बैठकले प्राधिकरणमा दायर भएका बीमा दाबी उजुरीहरूको हकमा साप्ताहिक तथा अन्य पेशी सुची र निर्णयहरू प्राधिकरणको वेबसाइटमा प्रकाशन गर्न समेत व्यवस्थापनलाई निर्देशन दिने निर्णय गरेको छ ।

139 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा ट्रेन्डिङ