पात्रो

रेडियो

समाचार खोजी

खर्चभन्दा राजस्व संकलन दोब्बर

साउन महिनामा ४० अर्ब २० करोड ७६ लाख बजेट खर्च हुँदा ९६ अर्ब ९५ करोड ७१ लाख राजस्व

साझा अर्थ संवाददाता २ भदौ २०८१, आइतवार

चालू आर्थिक वर्षको पहिलो महिना साउनमा रकारी बजेट खर्चभन्दा राजस्व संकलन दोब्बर देखिएको छ ।

महालेखा नियन्त्रक कार्यालयका अनुसार गत साउन महिनामा ४० अर्ब २० करोड ७६ लाख बराबर बजेट खर्च हुँदा ९६ अर्ब ९५ करोड ७१ लाख बराबर राजस्व उठेको हो ।

चालु आवको पहिलो महिनाको सरकारी खर्च वार्षिक लक्ष्यको २.१६ प्रतिशत र आम्दानी ६.५९ प्रतिशत बराबर हो ।एक महिनामा चालूतर्फ १२ अर्ब ३८ करोड २२ लाख अर्थात् वार्षिक लक्ष्यको १.०९ प्रतिशत र पूँजीगततर्फ ८ अर्ब ५५ करोड ४८ लाख अर्थात् वार्षिक लक्ष्यको २.४३ प्रतिशत बराबर छ ।

त्यस्तै, पूँजीगततर्फ वार्षिक लक्ष्यको ५।२५ प्रतिशत अर्थात् १९ अर्ब २७ करोड ६ लाख रुपैयाँ बराबर खर्च भएको छ । चालू आर्थिक वर्षका लागि सरकारले चालूतर्फ ११ खर्ब ४० अर्ब ६६ करोड ४५ लाख, पूँजीगततर्फ ३ खर्ब ५२ अर्ब ३५ करोड ४० लाख र वित्तीय व्यवस्थातर्फ ३ खर्ब ६७ अर्ब २८ करोड ४५ लाख बराबर विनियोजन गरेको छ ।

सरकारले चालू आर्थिक वर्षका लागि १४ खर्ब ७१ अर्ब ६२ करोड ९५ लाख रुपैयाँ बराबर राजस्व उठाउने लक्ष्य छ । कर राजस्व १२ खर्ब ८४ अर्ब २० करोड, गैरकर राजस्व  १ खर्ब ३५ अर्ब र वैदेशिक अनुदान ५२ अर्ब ३२ करोड ६५ लाख रुपैयाँ बराबर उठाउने लक्ष्य छ ।

चालू आवको पहिलो महिना सरकारले वैदेशिक अनुदान लिएको छैन । साउन महिनाको कुल संकलित राजस्वमध्ये कर राजस्व ७७ अर्ब ४१ करोड २७ लाख र गैरकर राजस्व १७ अर्ब ३३ करोड छ ।

187 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा ट्रेन्डिङ