नेपाल इन्स्योरेन्सले कम्पनीले चैत्र १९ गते लाभांस प्रस्तावसहित साधारणसभा बोलाएको छ । कम्पनीले आर्थिक वर्ष २०८०र८१ को मुनाफाबाट शेयरधनीलाई हाल कायम चुक्ता पुंजीको १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.७९ प्रतिशत नगद लाभांश गरि कुल १५.७९८ प्रतिशत लाभांश वितरण प्रस्ताव गरेको छ। हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ६४ करोड रहेको छ । कम्पनीको साधारणसभाले पारित गरेपछि सो लाभांश लगानीकर्तामा वितरण हुनेछ ।
कम्पनीले साधारणसभा प्रयोजनको लागि चैत्र ७ गते बुक क्लोज गर्ने निर्णय गरेको कारण चैत्र ६ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।
साझा अर्थ संवाददाता