सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले चैत ८ गते बोलाएको साधारणसभा प्रयोजनको लागि फागुन २६ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । आज फागुन २५ गतेसम्म कायम शेयरधनीले मात्र कम्पनीको सभामा भाग लिन ता प्रस्तावित ९.२४८९ प्रतिशत लाभांश पाउन सक्ने छन्।
कम्पनीले आर्थिक वर्ष २०८०÷८१ को मुनाफाबाट शेयरधनीलाई हाल कायम चुक्ता पुंजीको १.२४८९ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत ८ प्रतिशत नगद लाभांश गरि कुल ९.२४८९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि यो लाभांश लगानीकर्तामा वितरण हुनेछ ।
साझा अर्थ संवाददाता