यती एयरलाइन्सले सुर्खेत र धनगढी विमानस्थलमा सफलतापर्वक परीक्षण उडान गरेको छ । यती एयरका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार नेपालगञ्ज विमानस्थलबाट उडेको यतीको जहाज सुर्खेत विमानस्थलमा शनिबार दिउँसो १२ः१७ मा अवतरण गरेको थियो । नेपालगञ्जबाटै उडेको सोही विमान दिउँसो २ः४५ बजे धनगढी विमानस्थलमा अवतरण गरेको थियो ।
परीक्षण उडानलाई कम्पनीका प्रशिक्षक पाइलटहरू क्याप्टेन समर्थरत्न तुलाधर र क्याप्टेन राजु राजवंशीले उडान भरेका थिए । उडान अवलोकनका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण ९क्यान० र यती एयरलाइन्सका प्राविधिकहरु साथमै गएका थिए ।
यसअघि फागुन गत २० गते मंगलबार यती एयरलाइन्सले राजविराज विमानस्थलमा पनि सफलतापूर्वक परीक्षण उडान सम्पन्न गरिसकेको छ ।
यतीले हाल ७ वटा एटीआर ७२ विमानमार्फत नियमित रूपमा उडान गर्दै आएको छ ।
साझा अर्थ संवाददाता