पात्रो

रेडियो

समाचार खोजी

नेप्से सूचक ४३.०५ अंकले बढेर ३ हजार दशमलव ८१ विन्दुमा

बिहिबार नयाँ रेकर्डलाई तोड्दै २९ अर्ब ९५ करोड रुपैयाँको कारोबार

साझा अर्थ संवाददाता ३१ साउन २०८१, बिहिवार

साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से सूचक ४३.०५ अंकले बढेर ३ हजार दशमलव ८१ विन्दुमा बन्द भएको छ । 
बजार बढेसँगै कारोबार रकम पनि हालसम्मकै उच्च भएको छ । बिहिबार नयाँ रेकर्डलाई तोड्दै २९ अर्ब ९५ करोड रुपैयाँको कारोबार भएको छ ।  

यो दिन पनि राम्रा कम्पनी मापक सेन्सेटिभ इन्डेक्स १..०१अंकले बढेर ५३५.५१ विन्दुमा पुगेको छ । तीन वटा अलग अलग कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ।जसमा बुटवल पावर कम्पन,राष्ट्रिय बीमा कम्पनी र मोदी इनर्जि छन् । नेपाल मेगा इन्भेष्टमेण्ड बैंकको शेयरमूल्य ९.६४ प्रतिशत, एनएमवि बैंकको शेयरमूल्य ९.४२ प्रतिशतले र ग्लोबल आइएमई बैंकको शेयरमूल्य ९.२२ प्रतिशतले बढेको छ । यसैगरी, बढेको बजारमा नेपाल फाइनान्स कम्पनीको शेयरमूल्यमा भने नकारात्मक सर्किट लागेको छ । विन्धबासिनी हाइड्रोपावरको शेयरमूल्य ७.२ प्रतिशतले घटेको छ ।

यो दिन सर्वाधिक कारोबार बनाउनमा सबैभन्दा ठूलो भूमिका हिमालयन रिइन्स्योन्स कमपनीको छ । उक्त कम्पनीको ९१ करोड ३३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ भने सानिमा माइ हाइड्रोपावर कम्पनीको ८३ करोड २३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै, अपी पावर कम्पनी, कुमारी बैंक र  नेपाल इन्फ्रास्ट्रक्चर बैंकको ६० करोड ३७ लाख रुपैयाँदेखि ६५ करोड ९ लाख रुपैयाँसम्मको कारोबार भएको छ ।

यो दिन नेप्सेमा सूचीकृत १३ वटा उपसमूहहरु मध्ये वित्त, जीवन बीमा,लघुवित्त, उत्पादन तथा प्रोसेसिङ र अन्य उपसमूह बाहेक सबै उपसूचकमा हरियाली छाएको छ । 
यो दिन पनि सबैभन्दा बढी बैंकिङ उपसमूह ५.६५ प्रतिशतले बढेको छ । त्यस्तै लगानी उपसमूह २.६९ प्रतिशत, फाइनान्स उपसमूह ३.०५ प्रतिशतले घटेको छ ।

203 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सम्बन्धित समाचारहरु