काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक झिनो ३.३५० अंकले बढेर २७५८.७५ विन्दुमा पगेको छ । सोमबार नेप्से सामान्य बढेपनि कारोबार रकम भने ११ अर्ब आठ करोड ५४ लाख बराबरको भएको छ । १४५ कम्पनीको सेयर मूल्य घट्दा आज नौ वटा कम्पनीको सेयर मूल्य स्थिर रह्यो भने ९० कम्पनीको सेयर मूल्य वृद्धि भएको छ
आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्सको ८९ करोड रुपैयाँ भन्दा बढीको कारोबार भएको छ । यस्तै, नेपाल रिइन्स्योरेन्सको ८० करोड, एनआरएन इन्फ्राइस्ट्रक्चरको ४४ करोड, घलेम्दी हाइड्रोपावरको ३८ करोड र सिइडीबी होल्डीङस्को ३१ करोड रुपैयाँ बढीको कारोबार भएको छ ।
आज गार्डियन माइक्रोलाइफ इन्स्योरेन्सको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । कारोबारमा आएका १३ समूहगत परिसूचकमध्ये चार समूहको परिसूचक वृद्धि भएको छ । बाँकी समूहको परिसूचक घटेको छ ।
साझा अर्थ संवाददाता