पियोर इनर्जी लिमिटेडले फागुन २० गतेदेखि बाँके जिल्लाका स्थानीय र श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आईपीओ निष्काशन गर्न लागेको छ । कम्पनीले स्थानीयलाई १ लाख ६० हजार कित्ता शेयर निष्काशन गर्ने छ। न्युनतम १० कित्ता र अधिकतम १६ हजार कित्ताको लागि आवेदन दिन सक्ने स्थानीयले छिटोमा चैत्र गतेसम्म र सो अवधिसम्म पर्याप्त आवेदन नपरेमा ढिलोमा चैत्र २० गतेसम्म आवेदन दिन सक्ने छन् ।
त्यस्तै कम्पनीले श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीलाई १ लाख ४४ हजार कित्ता शेयर निष्काशन गर्ने छ। यस समुहमा आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम ७२ सय कित्ताको लागि आवेदन दिन सकिने छ। यस निष्काशनमा चैत्र ५ गतेसम्म आवेदन दिन सकिने छ ।
साझा अर्थ संवाददाता