पात्रो

रेडियो

समाचार खोजी

बाणिज्य बैंकको मुद्दती निक्षेपमा बीमा कम्पनीहरुको साढे पाँच खर्ब लगानी

साझा अर्थ संवाददाता २८ साउन २०८१, सोमवार

नेपालमा सचालित बीमा कम्पनीको सबै भन्दा धेरै लगानी वाणिज्य बैंकको मुद्दती निक्षेपमा देखिएको छ । २०८१ असारसम्म वाणिज्य बैंकमा रहेको बीमा कम्पनीहरुको निक्षेप पाँच खर्ब ३९ अर्ब ७८ करोड १२ लाख पुगेको छ । यो कूल लगानीमा यसको हिस्सा ६८.२४ प्रतिशत छ ।   दोस्रो स्थानमा भने बैंक तथा वित्तीय संस्थाको ऋणपत्र ५९ अर्ब पाँच करोड ३३ लाख रुपैयाँ लगानी गरेका छन्, कुल लगानीमा यसको हिस्सा ७.४६ प्रतिशत छ ।

तेस्रो स्थानमा भने विकास बैंकमा रहेको निक्षेप ५१ अर्ब ५८ करोड २० लाख रुपैयाँ पुगेको छ । यस्तै, कम्पनीहरुले सूचिकृत पब्लिक कम्पनीको साधारण शेयरमा २४ अर्ब १७ करोड १२ लाख रुपैयाँ, सूचिकृत पब्लिक कम्पनीको डिवेञ्चरमा १९ अर्ब ८६ करोड ४८ लाख रुपैयाँ, संस्थापक शेयरमा १४ अर्ब ८ करोड ११ लाख रुपैयाँ, पुर्वाधार क्षेत्रमा नौ अर्ब ५८ करोड ८६ लाख रुपैयाँ, वित्त कम्पनीको निक्षेपमा आठ अर्ब २६ करोड ६१ लाख रुपैयाँ र सरकारी ऋणपत्रमा तीन अर्ब ६१ करोड ९३ लाख रुपैयाँ लगानी गरेका छन् ।

नागरिक लगानी कोष तथा म्यूचल फण्डमा तीन अर्ब ३२ करोड ५६ लाख रुपैयाँ, सूचिकृत नभएको पब्लिक कम्पनीको शेयरमा एक अर्ब ६१ करोड चार लाख रुपैयाँ र इन्भेष्टमेन्ट कम्पनीको शेयरमा एक अर्ब ५० करोड ५७ लाख रुपैयाँ लगानी भएको देखिन्छ । यो बाहेक अन्य बिभिन्न क्षेत्रमा बीमा कम्पनीहरुले थप ४५ अर्ब २४ करोड ३८ लाख रुपैयाँ लगानी रहेको छ।

हाल नेपालमा दुई पुनर्बीमा, १४ जीवन, १४ निर्जीवन, तीन लघु जीवन बीमा र चार निर्जीवन लघु बीमा गरी ३७ बीमा कम्पनी सञ्चालनमा छन् । जीवन बीमा कम्पनीहरुले मात्रै ६ खर्ब ८२ अर्ब २९ करोड २२ लाख रुपैयाँ लगानी गरेका छन् । यस्तै, निर्जीवन बीमा कम्पनीहरुले ६६ अर्ब ५२ करोड रुपैयाँ लगानी गरेको प्राधिकरणको तथ्यांकमा उल्लेख छ ।

 

370 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्
साझा ट्रेन्डिङ