पात्रो

रेडियो

समाचार खोजी

निर्जीवन बिमा कम्पनीहरुले गरे २० अर्ब ८८ करोड बिमा शुल्क संकलन

साझा अर्थ संवाददाता ११ माघ २०८१, शुक्रवार

काठमाडौं । चालु आर्थिक वर्षको ६ महिनामा १४ निर्जीवन बिमा कम्पनीहरुले २० अर्ब ८८ करोड ३५ लाख रुपैयाँ बिमा शुल्क संकलन गरेका छन् । जुन गत आर्थिक वर्षको यसै अवधिको तुलनामा ७.६७ प्रतिशतले बढी हो ।   गत आवको पुससम्म १९ अर्ब ३९ करोड ६० लाख बिमा शुल्क संकलन गरेका थिए ।

नेपाल बिमा प्राधिकरणका अनुसार समिक्षा अवधिमा १४ निर्जीवन बिमा कम्पनीहरुले १३ लाख ८९ हजार ३१३ वटा बिमालेख जारी  गरेका छन् । गत आवको यही अवधिमा  १४ लाख २१ हजार ७६ बिमा लेख जारी भएका थिए । 

चालु आर्थिक वर्षको ६ महिनामा चार लघु बिमा कम्पनीहरुले मात्र   ४२ करोड २९ लाख ८७ हजार रुपैयाँ बिमा शुल्क संकलन गरेका छन् ।  
समिक्षा अवधिमा औसतमा बिमा कम्पनीहरुको व्यवसायको आकार ७.६७ प्रतिशतले सुधार भएको छ । युनाइटेड अजोड इन्सुरेन्सको ७.८६ प्रतिशत तथा प्रभु इन्सुरेन्सको ६.८० प्रतिशतले व्यवसाय खुम्चिएको छ । सबैभन्दा धेरै नेपाल इन्सुरेन्सको व्यापार ४५.७२ प्रतिशतले बढेको छ । द ओरेन्टियल इन्सुरेन्सको व्यापार ४३.८९ प्रतिशत तथा एनलएजी इन्सुरेन्सको १२.२९ प्रतिशत,  नेसनल इन्सुरेन्सको १.४ प्रतिशतले बढेको छ । 

 ६ महिनामा शिखर इन्सुरेन्सले सबैभन्दा धेरै  २ अर्ब ५९ करोड २ लाख रुपैयाँ कुल बिमा शुल्क संकलन गरेको छ, जुन गत आवको यसै अवधिको तुलनमा ५।६९ प्रतिशतले धेरै हो ।  सगरमाथा लुम्बिनी इन्सुरेन्सले यस अवधिमा २ अर्ब ५५ करोड ३६ लाख रुपैयाँ कुल बिमा शुल्क संकलन गरेको हो ।  सिद्धार्थ प्रिमियर इन्सुरेन्सले  २ अर्ब १३ करोड ८० लाख,  आइजीआई प्रुडेन्सियल इन्सुरेन्सले ६ महिनामा १ अर्ब ७३ करोड ७१ लाख कुल बिमा शुल्क संकलन गर्दा पुसमा २८ करोड १८ लाख संकलन गरेको छ । हिमालयन इन्सुरेन्सले  १ अर्ब ७१ करोड ८४ लाख रुपैयाँ कुल बिमा शुल्क संकलन गरेको छ । यसले पुसमा ३१ करोड ७४ लाख संकलन गरेको छ । नेको इन्सुरेन्सले ६ महिनामा १ अर्ब ६६ करोड ५१ लाख तथा पुसमा २६ करोड १३ लाख रुपैयाँ कुल बिमा शुल्क संकलन गरेको छ । 

एनएलजी इन्सुरेन्सले ६ महिनामा १ अर्ब ४० करोड ७० लाख रुपैयाँ कुल बिमा शुल्क संकलन गरेकोमा पुस महिनामा २७ करोड ६४ लाख गरेको छ । त्यस्तै, ओरिएण्टल इन्सुरेन्सले ६ महिनामा १ अर्ब ३४ करोड ५५ लाख तथा पुसमा २१ करोड ८६ लाख कुल बिमा शुल्क संकलन गरेको छ । युनाइटेड अजोड इन्सुरेन्सले ६ महिनामा  १ अर्ब २० करोड ३७ लाख रुपैयाँ कुल बिमा शुल्क संकलन गर्दा पुसमा मात्रै १७ करोड ८१ लाख बराबर संकलन गरेको छ । 

यसैगरी, ६ महिना अवधिमा सानिमा जीआइसी इन्सुरेन्सले १ अर्ब १९ करोड ३१ लख रुपैयाँ कुल बिमा शुल्क संकलन गरेको छ । नेपाल इन्सुरेन्सले १ अर्ब ९ करोड ३२ लाख, प्रभु इन्सुरेन्सले ९० करोड ३९ लाख, राष्ट्रिय बिमा कम्पनीले ७१ करोड २१ लाख तथा नेसनल इन्सुरेन्सले ६२ करोड १९ लाख रुपैयाँ कुल बिमा शुल्क संकलन गरेका छन् । 


 

 

265 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्
साझा ट्रेन्डिङ