काठमाडौं । साताको अन्तिम कारोबार दिन ‘बिहीबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक दोहोरो अंक ११.१० अंकले घट्दै २६ सय ५४ को विन्दुमा झरेर रोकिएको छ ।
आज कारोबारमा आएकामध्ये १ सय ५० कम्पनीको सेयरमूल्य ओरालो लाग्दा ८५ कम्पनीको सेयरमुल्य भने बढेको छ । आज विकास बैंक र उत्पादनमुलकबाहेकका सबै समुहको परिसुचक ओरालो लागेका छन् ।
कारोबारमा तीन कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सामुुदायिक लघुवित्त, कर्पोरेट डेभलपमेन्ट बैंक, सिक्लेस हाइड्रोपावर कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो । यस्तै सुपरमादी हाइड्रोपावर र मन्दाकिनी हाइड्रोपावर कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।
साझा अर्थ संवाददाता