पात्रो

रेडियो

समाचार खोजी

५२ अंकले बढ्यो नेप्से, ९ अर्बको कारोबार

साझा अर्थ संवाददाता ९ माघ २०८१, बुधवार

काठमाडौं । बुधबार सेयर बजारमा नेप्से एकै दिन ५२.३६ अंकमाथिले बढ्दा ९ अर्बमाथिको कारोबार भएको छ । अघिल्लो दिन मंगलबार १५ अंकले नेप्से सूचक बढ्दा ६ अर्बमाथिको कारोबार भएको थियो । 
  आज नेप्से सू २६ सय ६५ विन्दुमा उक्लिएको छ भने ९ अर्ब २० करोड ३० लाख रुपियाँ बराबरको एक करोड ७६ लाख ९२ हजार कित्ता शेयर किनबेच भएको छ । सबै सुचक हरियाली भएको आज सबैभन्दा बढी इन्भेष्टमेन्ट समूहको उपसूचक ३.८२ प्रतिशतले बढ्दा डेभलपमेन्ट बैंक समूहको उपसूचक २.७४ प्रतिशतले, होटल तथा पर्यटन समूहको उपसूचक २.७१ प्रतिशतले, ट्रेडिङ समूहको उपसूचक २.२५ प्रतिशतले र हाइड्रोपावर समूहको उपसूचक २.१२ प्रतिशतले बढेका छन् ।  
६१ करोड ३६ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा एनआरएन इन्फ्रास्टक्चर एन्ड डेभलपमेन्ट कम्पनी अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः नेपाल पुनर्बिमा कम्पनी र हिमालयन रि इन्सुरेन्स परेका छन् ।
बुधबार कर्पोरेट विकास बैंक र डोल्टी पावर कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्दा ग्रिन विकास बैंकको सेयर मूल्य ९.८१ प्रतिशतले बढेको छ। 

यस्तै, बाराही हाइड्रोपावरको सेयर मूल्य भने सर्वाधिक अर्थात् ८.२१ प्रतिशतले घटेको छ।
 

 

202 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्