काठमाडौं। साताको पहिलो कारोबार दिन सेयर बजार परिसूचक (नेप्से) १२.५८ अंकले बढेर २६ सय विन्दु पार गरेको छ। बजार मापन गर्ने सूचक २६०१.२१ बिन्दु पुुगेको छ ।
आइतबार ३२५ कम्पनीको १ करोड २९ लाख ८२ हजार ६१९ कित्ता सेयर ६ अर्ब २५ करोड ७२ लाख ३५ हजार ६२४ रुपैयाँको सेयर कारोबार भएको छ ।
कारोबारमा १७१ कम्पनीको सेयर मूल्य बढेको छ भने ६८ कम्पनीको घटेको छ । कारोबारमा ट्रेडिङ र होटल बाहेक सबै समूहको उपसूचकमा हरियाली छाएको छ ।
कारोबारमा बोटलर्स नेपाल बालाजुको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने सुपर मादी हाइड्रोपावर कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।
साझा अर्थ संवाददाता