हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीको माघ ४ गते बसेको संचालक समितिको बैठकले आ।व। २०७९र०८० को संचित मुनाफाबाट शेयरधनीहरुलाई १४ प्रतिशत बोनश शेयर वितरण गर्ने प्रस्ताव गरेको छ ।
कम्पनीले हाल कायम चुक्ता पूँजी ८ अर्ब २ करोड ३ लाखको १४ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेपनि बोनसमा लाग्ने कर भने लगानीकर्ता आफैले तिर्नु पर्ने प्रस्ताव छ ।
बीमा प्राधिकरणले स्वीकृति दिएपछि र कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि सो लाभांश लगानीकर्तामा वितरण हुने छ ।
साझा अर्थ संवाददाता