पात्रो

रेडियो

समाचार खोजी

अघिल्लो साता सुधारिएको सेयर बजार यो साता २६ सयको विन्दुभन्दा तल

साताभर नेप्से परिसूचकमा ४६.४७ अंकको गिरावट

साझा अर्थ संवाददाता ५ माघ २०८१, शनिवार

काठमाडौं । अघिल्लो साता सुधारिएको सेयर बजार यो साता २६ सयको विन्दुभन्दा पनि तल झरेको छ । चार दिन कारोबार भएको सेयर बजार समग्रमा दुई प्रतिशतले ओरालो लागेको हो । चार दिनमध्ये तीन कारोबार दिन नेप्से घटेको थियो भने एक कारोबार दिन नेप्से बढेको थियो । बुधबार भने नेप्से सामान्य अंक बढेर बन्द भएको थियो । यो साताभर नेप्से परिसूचकमा ४६.४७ अंकको गिरावट आएको छ ।
गत साताको अन्तिम कारोबार दिन २६३५.०९ विन्दुमा रहेको नेप्से परिसूचक यो साताको अन्तिम कारोबार दिन २५८८.६२ विन्दुमा झरेको हो ।
नेप्सेसँगै यो साता कारोबार रकममा पनि गिरावट आएको छ । गत साता दैनिक औसतमा छ अर्ब पाँच करोडको सेयर खरिदबिक्री भएको बजारमा यो साता दैनिक औसतमा पाँच अर्ब ६० करोडको सेयर खरिदबिक्री भएको छ । गत साताको तुलनामा यस साताको दैनिक औषत कारोबार रकम ७.४५ प्रतिशत घटेको हो । यो साता दैनिक औसत सेयर संख्या १८.५९ प्रतिशत घटेको छ भने दैनिक औसत कारोबार संख्या १२.२३ प्रतिशतले घटेको छ ।
नेप्सेको कुल बजार पूँजीकरण पनि यो साता १.७६ प्रतिशतले घटेको छ । गत साताको अन्तिम कारोबार दिन ४३ खर्ब ७० अर्ब रुपियाँ रहेको नेप्सेको कुल बजार पूँजीकरण यो साता ७७ अर्ब रुपियाँ घटेर ४२ खर्ब ९३ अर्बमा सीमित भएको छ ।
यो साता १३ वटै उपसमूहको परिसूचकमा गिरावट आएको छ । वित्त उपसमूहको परिसूचक सर्वाधिक १२.९६ प्रतिशत घटेको छ । गत साता ३०३३.०४ विन्दुमा रहेको वित्त उपसमूह यो साता ३९३.०८ अंक घटेर २६३९.९६ विन्दुमा झरेको छ ।
यस्तै जलविद्युत उपसमूहको परिसूचक सबैभन्दा कम ०.१३ प्रतिशत घटेको छ । गत साता ३६७४.६२ विन्दुमा बन्द भएको जलविद्यदुत उपसमूह यो साता ४.८५ अंक घटेर ३६६९.७७ विन्दुमा झरेको छ । अंकका आधारमा भने यो साता म्युचुअल फण्ड उपसमूहको परिसूचक सबैभन्दा कम ०.०६ अंकले घटेको छ ।
यो साता बाराही हाइड्रोपावरको सेयरमूल्य सर्वाधिक २५.८६ प्रतिशत बढेको छ । गत साता ८४७ रुपियाँमा रहेको बाराही कम्पनीको सेयरमूल्य यो साता १०६६ रुपियाँमा अन्तिम कारोबार भएको छ ।
नारायणी डेभलपमेन्ट बैंकको सेयरमूल्य करिब साढे २३ प्रतिशत बढेको छ भने विन नेपाल लघुवित्तको सेयरमूल्य १९ प्रतिशतभन्दा बढी बढेको छ । कारोबारमा आएको आत्मनिर्भर लघुवित्तको सेयरमूल्य यो साता सर्वाधिक २३.०४ प्रतिशत घटेको छ ।
यो साता कालिका लघुवित्त वित्तीय संस्था, सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था, सगरमाथा लुम्बिनी इन्स्योरेन्स लगायतका स्टकहरु मोस्ट पपुलर बाइ स्टक सूचीको शीर्ष स्थानमा रहेका छन् भने घलेम्दी हाइड्रो, माछापुच्छ्रे बैंक, सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लगायतका कम्पनीहरु पनि शीर्ष स्थानमा रहे ।

166 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्
साझा ट्रेन्डिङ