काठमाडौं । सिटिजन लाइफ इन्स्योेन्स कम्पनी लिमिटेडको गत आर्थिक वर्ष ०८०र८१ को आर्थिक प्रतिवेदन नेपाल बीमा प्राधिकरणले स्वीकृत गरेपछि नयाँ बोनस दर कायम गरेको छ ।
कम्पनीले बीमाङ्क रकममा प्रतिहजार न्यूनतम २५ रुपैयाँदेखि अधिकतम ८० रुपैयाँसम्म बोनस दर निर्धारण गरेको छ ।
कम्पनीले अग्रिम भुक्तानी सावधिक जीवन बीमालेखमा न्यूनतम २५ रुपैयाँदेखि अधिकतम ५५ रुपैयाँसम्म, वार्षिक अग्रिम भुक्तानी सावधिक बीमालेखमा न्यूनतम २५ रुपैयाँदेखि अधिकतम २८ रुपैयाँ र सिटिजन शुभारम्भ योजना ९सावधिक प्लस० बीमालेखमा न्यूनतम ३५ रुपैयाँदेखि अधिकतम ७५ रुपैयाँ बोनस दर तोकेको छ ।
यस्तै, सावधिक ९रेगुलर० जीवन बीमालेखमा न्यूनतम ३८ रुपैयाँदेखि अधिकतम ७३ रुपैयाँसम्म, सिटिजन बाल भविश्य योजना ९सावधिक० बीमालेख सिटिजन बाल भविश्य योजना प्लस ९सावधिक० बीमालेखमा न्यूनतम ४० रुपैयाँदेखि अधिकतम ६७ रुपैयाँसम्म र सावधिक तथा आजीवन बीमालेख ९सिटिजन जीवन सारथी योजनामा न्यूनतम ३८ रुपैयाँदेखि अधिकतम ८० रुपैयाँ बोनस दर कम्पनीले कायम गरेको हो ।
साझा अर्थ संवाददाता