काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २१ प्रतिशत लाभांश पारित गर्न २५औं वार्षिक साधारणसभा माघ २८ गते सोमबार वीरगन्जस्थितमा गर्ने भएको छ ।
सभामा कायम चुक्ता पुँजीको १० प्रतिशत बोनस शेयर र ११.०५ प्रतिशत नगद (करसहित) लाभांश वितरणको प्रस्ताव पेश हुनेछ ।
सर्वसाधारण शेयरधनीका तर्फबाट ३ जना सञ्चालकको निर्वाचन गर्ने र कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन तथा फेरबदल गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सभाका पेश हुनेछन् ।
साझा अर्थ संवाददाता