पात्रो

रेडियो

समाचार खोजी

नेशनल लाइफका ४०० बढी अभिकर्तालाई भारतमा प्रशिक्षण

साझा अर्थ संवाददाता २६ पुष २०८१, शुक्रवार

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना ४०० भन्दा बढी अभिकर्ता र मार्केटिङ कर्मचारीलाई कोलकात्तास्थित इन्स्योरेन्स इन्स्टिच्यूट अफ इण्डिया, कलेज अफ इन्स्योरेन्सबाट प्राविधिक प्रशिक्षण प्रदान गरेको छ। नेपालभरका विभिन्न स्थानबाट तोकिएको लक्ष्य पूरा गरेका अभिकर्ता र कर्मचारीलाई सहभागी गराइएको यो कार्यक्रम कलेजका प्रिन्सिपल विके नायकको सभापतित्वमा सम्पन्न भयो।

प्रशिक्षणमा भिजिटिङ फ्याकल्टी मेमबरहरु जस्तै जे सेन, मिहिर गोस्वामी र अनिरवन शाहले इनोभेटिभ प्रोस्पेटिङ र बिजनेस कन्ट्यूनिटी साइकललगायत विषयमा प्रशिक्षण प्रदान गरे। गोस्वामीले बीमा व्यवसायमा नविन सोचले सफलता मिल्ने बताएका थिए, भने शाहले ग्राहकसँगको दीर्घकालीन सम्बन्ध व्यवसायको निरन्तरताका लागि महत्वपूर्ण हुने बताए।

कम्पनीका बजार विभाग प्रमुख विवेक शर्मा र एजेन्सी विभाग प्रमुख सुशील प्रताप राणाको नेतृत्वमा सहभागी अभिकर्ता र कर्मचारीलाई प्रशिक्षण प्रमाणपत्र प्रदान गरियो। सहभागीहरुले यस्तो प्रतिष्ठित संस्थाबाट प्रशिक्षण प्राप्त गर्न पाएकोमा कम्पनीप्रति कृतज्ञता व्यक्त गरे।

 

179 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्
साझा ट्रेन्डिङ